|

काठमाडौं : लेखक रमेश भण्डारीको कथासंग्रह ‘पोर्टर’ सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमका बीच आख्यानकार कृष्ण धरावासी, समालोचक राजकुमार बानियाँ, कवि शकुन्तला जोशी र लेखक स्वयंले किताबको विमोचन गरेका हुन्। 

कार्यक्रममा बोल्दै कवि शकुन्तला जोशीले भनिन्, ‘रमेश मेरो पुरानो साथी हो। केही सुधार्ने कुराबाहेक राम्रा कथाहरू लेखेका छन्।’ समालोचक राजकुमार बानियाँले यो पहिलो कृति भए पनि राम्रो संभावना देखिएको बताए। उनले भने, ‘रमेशसँग आफूमा भएको कथा भन्ने तरिका गज्जबको रहेको छ।’ आख्यानकार कृष्ण धरावासीले रमेशका कथाहरूले आफूलाई खुब मजाले तानेको बताए। 

पुस्तकका सर्जक रमेश भण्डारीले भने, ‘जीवनका विभिन्न कालखण्डमा अनेक घटना, पात्र, परिवेशले सुषुप्त अवस्थामा रहेको साहित्यिक चेतलाई छोएपछि त्यसलाई कथाको रूप दिएको हुँ।’ पोर्टर कथासंग्रहमा रमेशका १८ कथाहरू संगृहीत छन्। 

पुस्तकलाई इण्डिगो इंक पब्लिकेशनले बजारमा ल्याएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.