|

रुकुम : रुकुम पश्चिममा चोरीको आरोपमा एक युवा पक्राउ गरेका छन्। पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ५ हुकामका १९ वर्षिय विजय मल्ल रहेका छन्। चोरी गरिएको रकम, समान र ब्यक्तिलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिकसमेत गरेको छ। उनले रुकुम पश्चिम त्रिबेणी गाउँपालिका ३ झुल्नेटा स्थित डिल्लीबहादुर खड्काको ईलेक्ट्रोनिक पसल र सोहि ठाउँकै संगम सुनचाँदी पसल तोडफोड गरी चोरी गरेका हुन्।

दुई पसलबाट २ लाख पचास हजार बढीको नगद तथा सरसमान चोरी भएको सूचना प्रहरीलाई गएपछि प्रहरीले केहि सयमै उक्त चोरीमा संलग्नलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार उनको साथबाट प्रहरीले ५ हजार ८ सय ३५ नगद, बिभिन्न मोवाईल सेट पाँच थान सगै क्यामरा, रिचार्ड कार्ड, घडि र ताला फोड्न प्रयोग गरिएका समानहरु पनि बरामत गरिएको छ।

प्रहरीका अनुसार आफूमा आर्थिक समस्या रहेको र रुकुम पूर्वमा चलिरहेको महोत्सव खर्च जुटाउनका लागि चोरी गरेको उनले प्रहरी समक्ष बताएका छन। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। रुकुम प्रहरीले बेला बेला यस्तै प्रकृतिका चोरी घटनामा संलग्नलाई पक्राउ गरि सार्बजनिक गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.