|

काठमाडौं: नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ। 
बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो। उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र बैंकको साधारणसभाले स्वीकृति दिएपछि शेयरधनीलाई वितरण गरिनेछ। 

तीन कम्पनीको शेयर मूल्य समायोजन 

नेपाल स्टक एक्सचेञ्जमा आज तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार विजय लघुवित्त, किसान माइक्रोफाइनान्स र नेपाल ल्युब आयलको शेयर मूल्य समायोजन गरिएको हो । 
विजय लघुवित्तको प्रतिकित्ता रु ६३१ कामय हुने गरी मूल्य समायोजन गरिएको हो। सो लघुवित्तको आधार मूल्य प्रतिकित्ता रु ६९२ रहेको छ। किसान माइक्रोफाइनान्सको प्रतिकित्ता रु ९६३ रहने गरी शेयरमूल्य समायोजन भएको छ।

सो कम्पनीको औसत आधारमूल्य रु एक हजार २४१ रहेको छ। त्यस्तै नेपाल ल्युब आयलको पनि प्रतिकित्ता रु १९३ हुने गरी मूल्य समायोजन गरिएको छ। कम्पनीको औसत आधारमूल्य रु १७३ कायम भएको स्टकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.