|

जनकपुरधाम : पर्साको वीरगञ्जबाट अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ को शंकराचार्य गेटबाट ५ लाख ६३ हजार ४ सय रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी जिल्ला जमुवा बस्ने ४० वर्षिय ओम प्रकाश साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधाममले जनाएको छ। आफ्नै शरिरभित्र कंमरपेटिमा बांधी लुकाई छिपाई लादै गरेको ११ सय २४ थान र २००  र ७ थान २००० को नोट लैजादै गर्दा प्रहरीले पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले जानकारी दिए। गत बिहिवार मात्र नेपाल सरकारले रु २००, ५०० र २००० को भारतीय नोटमा प्रतिबन्ध गरेको थियो।

पर्साको ईनर्वा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको  क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा साहलाई पक्राउ गरिएको हो।

यसैबीच पर्साकै बीरगंज महानगरपालिका वडा नं. ११ रानिघाटबाट ३० किलो लागुऔषध चरेश फेला परेको छ। सुरक्षा प्रहरी बेश रानिघाटबाट खटिएको प्रहरी गस्ती टोली गस्ती गर्ने क्रममा साईकल चालकले प्रहरी टोलीलाई देख्नासाथ साईकल छोडी भागेको र चेकजाँच गर्दा साईकलको पछाडी केरियरमा राखेको बोरामा ३० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.