|

उदयपुर : राष्ट्रिय कृषक समूह महासंघ उदयपुरको अध्यक्षमा कुशल राउत सर्वसहमत चयन भएका छन। कृषक समुह महासंघको दोस्रो अधिवेशनले शनिबार कुशल राउतको नेतृत्वमा नयाँ कार्य समिति गठन गरेको हो। राउत यसअघिको कार्यसमितिको समेत हुन्।

जिल्ला समन्वय समितिको हलमा सम्पन्न पाचौँ सामाजिक समिक्षा कार्यक्रम तथा अधिवेसनले उपाध्यक्षमा राजकुमारी चौधरी, सचिवमा विजय चौधरी, सह सचिवमा महेश चौधरी, कोषाध्यक्षमा ओमकुमारी थापालाई सर्वसहमत चयन गरेको नवनिर्वाचित अध्यक्ष राउतले जानकारी दिए। त्यसैगरी सदस्यहरुमा हेम कुमारी मगर, मिन बहादुर बस्नेत, देवी घिमिरे, बालकुमारी श्रेष्ठ र तुलसी प्रसाद भट््टराईलाई चयन भएका छन्।

अधिवेसनले १२ जनालाई प्रदेश प्रतिनिधीमा चयन गरेको छ। प्रदेश प्रतिनिधीहरुमा नारद निरौला, सोम दनुवार, ब्रमदेव चौधरी, लक्ष्मण थापा, चित्र बहादुर कार्की, सीतामाया गुरागाई, मिना चौधरी, गीता राउत, मैया खड्का, चेतकुमारी घिमिरे, लिला कुमारी प्रधान रहेका छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.