समाज : सुरक्षा/अपराध

किशोरीलाई बलात्कार गर्ने पक्राउ
SHARES

पुस १, २०७५

    रुकुम : रुकुम पश्चिममा आफ्नै गोठमा बाख्रा बाँध्दै गरेकी एक किशोरीलाई बलात्कार भएको छ। बलात्कारको अभियोगमा रुकुम पूर्व भूमे गाउँपालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिकसमेत गरेको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काका अनुसार ओलीले सानीभेरी गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन्। उनी चुनबाङबाट एक बिहे जन्तीको लागि सानीभेरी गाउँपालिकामा पुगेका थिए। बालिकालाई उनले सेल्फी खिच्ने बहानामा फकाएर आफूले नियन्त्रण गरी जबरजस्तीकरणी गरेको अभियोग छ। परिवारको सूचनापछि पक्राउ परेका ओलीमाथि थप अनुसन्धान भइरहेको र प्रचलित कानुनअनुसार मुद्धा प्रकृया अघि बढ्ने बताइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]