|

काठमाडौंः सेयर बजार परिसुचक नेप्से झण्डै १९ अंकले सुधार भएको छ। आइतबार नेप्से १८ दशमलब ८९ अंकले बढेर ११ सय ६७ मा पुगेको छ। केही समयदेखि ओरालो लागिरहेको सेयर बजार आइबार उल्लेख्य सुधार भएको हो। सेयर बजारमा उत्पादन समूह बाहेक अरु सबै समुह हरिया भएका छन्। निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा धेरै १ सय ६७ अंकले बढेको छ भने फाइनान्स समुह सबैभन्दा थोरै ३. १५ अंकले बढेको छ। सबै समूह हरियो भएपनि उत्पादन समूह ८ अंकले घटेको छ।

सेयर बजारमा १५९ कम्पनीका सेयर किनबेच हुँदा ४७ करोडको कारोबार भएको छ। सेयर बजारमा सबैभन्दा धेरै छिमेक लघुबित्तको कारोबार भयो। बजारमा मिर्मिरे, आरम्भ र कालिका माइक्रो फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए। रैराङ र नेसनल हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.