|

काठमाडौं : नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि आइतबारदेखि अनलाइन टिकटिङ प्रणाली प्रारम्भ गरेको छ। यसअघि गत वर्ष साउनदेखि अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकटिङ सुरु गरेको थियो।

निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अनलाइन टिकटिङ प्रणालीको आरम्भ गरेका हुन्। उक्त प्रणालीले आन्तरिक उडानमा जाने यात्रुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन्।

कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकटिङ प्रणाली थालिएको बताए। साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.