|

चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको दुर्घटनामा सात जना मजदुरको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएको अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन्।

घाइतेलाई उपचारका लागि चोङ्क्विङस्थित अस्पताल पुर्‍याइएको छ। खानीमा कार्यरत मजदूरले प्रयोग गर्ने डोरी चुँडिएर उक्त दुर्घटना भएको बताइएको छ। दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको अधिकारीले बताएका छन्।

सरकारले कोइला उत्पादनको अवस्थामा सुधार ल्याउन तथा गैरकानुनी रूपमा सञ्चालनमा रहेका खानी बन्द गराउन पहल गरे पनि चीनमा कोइला खानीमा अपनाइने कमजोर सुरक्षा व्यवस्थाका कारण बारम्बार मानवीय क्षति हुने गरेको छ। गत अक्टोबरमा पूर्वी शान्डोङमा रहेको खानीमा भएको दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो।

चिनीया राष्ट्रिय कोइला खानी सुरक्षा निकायका अनुसार सन् २०१७ मा कोइला खानीसम्बद्ध मृत्यु संख्या ३७५ रहेकामा सरकारी प्रयासका कारण यस वर्ष करिब २९ प्रतिशतले कमी आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.