|

बैतडी : १८ दिनदेखि बेपत्ता रहेका बैतडीको दशरथचन्द नगरपालिका ३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन्। गत मंसिर १२ गते घरबाटै बेपत्ता भएका लावड घरनजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। 

लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव कुहिएको अवस्थामा रहेकोले केही दिन अगाडिने मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ। मानसिक सन्तुलन ठीक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरी प्रशासनमा निवेदनसमेत दिएका थिए।

लावडको शव पूरै कुहिएकोले अवस्थामा रहेकोले परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.