|

दाङ : तुलसीपुर बजार क्षेत्रलाई गत मंसिर १६ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो। तर उक्त घोषणा क्षेत्रमा अटेरी गरी हर्न बजाउने करिब १५ दिनमा झण्डै ३०० सवारी साधनमाथि कारवाही भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक चन्द्रबहादुर केसी बताएका छन्।

गत मंसिर १६ गतेदेखि तुलसीपुर उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएता पनि अटेरी गर्ने सवारी चालकमाथि कारवाही सुरु गरिएको उनले बताए। उनका अनुसार यो अवधिमा तुलसीपुर बजारबाट १३ वटा बसबाट सात हजार ५००, २३ वटा ट्रकबाट ११ हजार ५००, आठवटा ट्याक्टरबाट चार हजार, २६ वटा जीप/कारबाट १३ हजार ५००, दुईवटा अटोबाट एक हजार, ७३ वटा मोटरसाइकलबाट ३८ हजार ५०० राजस्व संकलन भएको छ।

तर २९३ सवारी कारवाहीमा परेकामध्ये हालसम्म जम्मा १४३ वटा साधनले मात्रै जरिवाना तिरेका छन्। अन्य साधनको कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै राखिएको हुँदा उनीहरू क्रमशः आएर जरिवाना तिर्दै कागज लैजाने गरेको ट्राफिक प्रमुख केसीले बताए। १५ दिनको अवधिमा ती सबैबाट जरिवाना संकलन भएमा डेढ लाख राजस्व संकलन हुने उनले जानकारी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.