|

कञ्चनपुर : कञ्चपुरको बेदकोट नगरपालिकाको लालपुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको शवस्टेशनमा शुरक्षागार्डका रूपमा कार्यरत ४५ वर्षीय चन्द्रदेव भट्टको मृत्यु प्रकरणलाई लिएर आइतबार दिनभर कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ।

करेन्ट लागेर मृत्यु भएका भट्टका परिवारले शवस्टेशनबाट झिक्न दिएनन् भने पूर्व-पश्चिम राजमार्ग अबरुद्ध गरेपछि दिनभर यातायात सेवासमेत सञ्चालन हुन सकेन। साथै उक्त क्षेत्रको विद्युत् सेवा पनि दिनभर ठप्प रहेको छ।  शवस्टेशनको ३३ केभिए लाइनको ट्रान्सफर्मरमा करेन्ट लागेर भट्टको बिहान मृत्यु भएको हो। भीमदत्त नगरपालिका १९ बागफाँटाका बासिन्दा भट्ट सुरक्षागार्डका रुपमा आठ वर्षदेखि कार्यरत रहेका थिए।

ड्युटीमा रहेका भट्टको आइतबार बिहान ट्रान्सफरमरमा परेर करेन्ट लागेर मृत्यु भएपछि उनका आफन्तले हत्या गरेर फालेको भन्दै शव नबुझेका हुन्। प्राधिकरणको शवस्टेशन कार्यालयमा समेत मृतकका आफन्तले तोडफोड गरेका छन्।

आक्रोशित भट्टका आफन्तले प्राधिकरणका कर्मचारी कमल सिंह बडुमाथि समेत कुटपिट गरिएको छ। यता चारजना प्राधिकरणका कर्मचारी प्रहरी नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ।

यसैबीच, अबरुद्ध राजमार्ग सुचारु गराउन, विद्युत् सेवा सञ्चालन गर्न र शव परीक्षणका लागि लैजानका लागि मृतकका परिवार, जनप्रतिनिधि र स्थानीय प्रशासनबीच जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा साँझ अबेर बसेको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ।

चाउमिन खाएर मृत्यु भएका बालकको शव पनि उठेन

चाउमिन खाएर बिरामी भइ शनिबार मृत्यु भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ देखतभूलिका दुई बालकको शव अझै अस्पतालबाट उठ्न सकेको छैन। बालकको शवको पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको भए पनि पोस्टमार्टम हुन सकेको छैन।

स्थानीय बासिन्दाले ठूलो बुबा लक्षी सुनार र ठूली आमा सीतादेवी सुनारले चाउमिनमा बिषादी राखेर हत्या गराएको आरोप लगाउँदै आएका छन्। दुवै जनालाई प्रहरीले शनिबार नै नियन्त्रणमा लिई सकेको छ।

शव परीक्षणपश्चात् बिषादी वा अन्य के करणले बालकको मृत्यु भएको कुरा खुल्ने  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण राज ओझाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.