फुड फेस्टिबलका अधिकांस स्टल खाली

|

उदयपुर : प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतले नेपाली खाना संसारकै उत्कृष्ट रहेको बताएका छन्। आइतबार गाईघाटमा होटल व्यवसायी संघ उदयपुरले आयोजना गरेको उदयपुर खाना परिवारका मेला(फुड फेष्टिबल) को उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन्।

पहिलोपटक गाईघाटकै मुख्य सडकमा आयोजना गरिएको फुड फेस्टिबलको उद्घाटन गर्दै मन्त्री कुसियैतले नेपाली खानका परिकार खानका लागि संसारभरका मान्छेहरू मरिहत्य गर्ने गरेको दावी गरे। ‘एउटा नेपालीले विदेशका जुनसुकै देशमा गएर पनि होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दा नचलेका कहीका छैनन्,’ उनले भने, ‘विश्वमै नेपाली खानका परिकार स्वादिष्ट भएकाले उत्कृष्टमा पर्छन्।’

१० दिन चल्ने खानाका परिकार मेलाको सफतालको शुभकामना दिँदै मन्त्री कुसियैतले नेपाली खानालाई विश्व बजारमा अझै सशक्त रूपमा लैजानु पर्ने पनि बताए। ‘पर्यटन भित्र्याउने एउटा मुख्य आधार खानाका परिकार पनि हुन्,’ उनले भने, ‘विदेशीले नेपालमा मममात्रै खानको लागि पनि आउने गरेका छन्। नेपाली खानको परिकारमध्ये मम उत्कृष्ट मानिन्छ।’

फुड फेस्टिबलका अधिकांस स्टल खाली

फुड फेस्टिबल उद्घाटन कार्यक्रममा मन्त्री कुसियैतले नेपाली खानालाई विश्व बजारमा ब्राण्ड बनाउने भाषण दिइरहँदा खानाका स्टलहरू अधिकांस खाली नै थिए। गाईघाटको मुख्य रोडमै फुड फेस्टिबल आयोजना गरेकाले चौतर्फी विरोध भएको छ।

त्यसैको बाबजुद पनि स्टलहरूमा अधिकांस व्यपारीहरूले आइपुगेका छैन। ‘मन्त्रीले नेपाली खाना संसारभर मिठो भन्छन्,’ गाईघाटका हरि बुढाथोकीले भने, ‘खानाको परिकार मेलामा अहिलेसम्म केही स्टलमा मात्र भरिएका छन्, सडक नै अवरुद्ध पारेर आयोजना गरिएको महोत्सवमा भाषण गर्ने पनि मन्त्री नै हुँदा रहेछन्।’

खानाको परिकार मेला आयोजक र जिल्ला प्रशासन कार्यालयबीच सवारी साधान आवत जावतमा अवरोध नपुर्‍याउने भन्ने सहमति भए पनि सडक पूरै ठप्प बनाइएको छ। जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसमेत थाहा नपाए झैँ उद्घाटन कार्यक्रममा अतिथि बन्न भ्याएको सर्वसारधणको गुनासो छ। ‘हिजो हामीले उजुरी गर्दा तत्कालनै भत्काउने जानकारी दिने प्रशासन आइतबार उद्घाटन कार्यक्रममै अतिथि बनेछन्,’ एक स्थानीयले भने, ‘मेला आयोजक र प्रमुख जिल्ला अधिकारीबीच पनि पैसाको चलखेल भएछ, आइतबारदेखि त, तैँ चुप मैँ चुप भएछन्।’

प्रहरीकै सहयोगमा मेला आयोजना स्थलबाट सवारी साधान रोकिएको सर्वसाधरणको आरोप छ। आयोजकका अनुसार मेलामा विभिन्न जातजातिका स्थानीय परिकार प्रर्दशनी, बिक्री वितरण र नेवार समुदायको प्रदेश १ स्तरीय लाखे नाच प्रतियोगितासमेत आयोजना गर्ने बताइएको छ। मकैको खाना, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, भुटेको मकै, खीर, सेलरोटी, फापरको परिकार, नेवार सुमदायको यमरी, दनुवारको अन्डी, थारूको घुगीजस्ता परिकारहरू मेलाका प्रमुख आकर्षक रहने स्टलहरू आइतबार दिउँसोसम्म खाली नै रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.