|

डडेल्धुरा : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले संविधानको कार्यान्वयनको चरण संगसंगै तीन सरकार क्रियाशील रहेकाले जनताको पक्षमा आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन्। 

आइतबारदेखि डडेल्धुरा सदरमुकाम खलगांको टुँडिखेलमा सञ्चालित ‘युनिटी वृहत साँस्कृतिक महोत्सव २०७५’ को उद्घाटन समारोहमा मन्त्री अधिकारीले जनताले निर्वाचित गरेका तीन सरकार मिलेर समन्वय गरेर काम गर्ने भएकाले जनतको समृद्धि हुने बताए। ‘मुलुकको विकास र समृद्धि अब टाढा छैन।’ मन्त्री अधिकारीले भने, ‘यदि जनताले निर्वाचित गरेको सरकारले गर्न सक्दैन भने अरु कसैले गर्न सक्दैन।’ अहिले निरासको खेती कटुवा हुन सक्दैन। हुँदैन, गरेन भन्ने हिसावबाट एउटा निरासामा मुलुकलाई पुर्‍याएर नागरिकलाई पलायन हुने अवस्था सिर्जना गर्न खोजिएकाले निरासाहरू अवश्य चिरिने उनले बतए।

‘हामी सुशासनको पक्षमा छौँ। हामी मुलुको आर्थिक समृद्धिको पक्षमा छौँ।' उनले भने,‘सरकार कृषिलाई आधुनिकीकरण गरेर देश विकास गर्न चाहन्छ। हामी मुलुकमा रहेका सम्पदालाई प्रवर्द्धन गरेर अगाडि बढ्छौँ।’

डोट्याली भाषा, संस्कृती नेपाली भाषा संस्कृतिभन्दा धेरै गुणा धनी

मन्त्री अधिकारीले सुदूरपश्चिमको डोट्याली भाषा, संस्कृती नेपाली भाषा संस्कृतिभन्दा धेरै गुणा धनी भएको बताए। संस्कृतिमा सुदूरपश्चिम प्रदेश धनी भए पनि भौतिक पूर्वाधार र विज्ञान प्रविधिमा पछि पर्दा सुदूरपश्चिम हुन पुगेको उनको भनाइ थियो। ‘नेपालमा सुदूर पुर्व छैन।’ उनले भने, 'सुदूर पूर्व नभएको देशमा सुदूरपश्चिम हुनु पहिचानका रुपमा लिएका छौँ।’ 

सुदूरपश्चिम पहिचान भएकाले पश्चिमका रुपमा बुझ्नु पर्ने उनको भनाइ छ। सुदूरपश्चिमले भौतिक पूर्वाधारसंगै समग्र विकासमा अन्य प्रदेशलाई उछिन्नु पर्ने उल्लेख गर्दै मन्त्री अधिकारीले स्थानीय सरकारहरुले त्यसअनुसार काम गरिरहेको विश्वास लिएको बताए। 

डडेल्धुरालाई राम्रो पर्यटकीय क्षेत्रको रुपमा विकास 

विगतमा पनि डडेल्धुराको आएको स्मरण गराउँदै मन्त्री अधिकारीले यहाँ थुप्रै पर्यटकीय क्षेत्र रहेको र यस जिल्लालाई सरकारले राम्रो पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए। ‘डडेल्धुरालाई एउटा राम्रो पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि सरकारले कुनै कसर बाँकी राख्ने छैनन्।’ उनले भने, ‘यहाँका स्थानीय सरकारसँग हालमा हात मिलाएर अगाडि बढ्न तयार छौँ।’

उनले डडेल्धुराको उग्रतारा मन्दिर र अमरगढी किल्ला नयाँ पर्यटनको गन्तव्यमा परेकाले आकर्षित प्राविधिक संरचना निर्माण गर्न स्थानीय सरकारलाई समेत आग्रह गरे। ‘सबैलाई लोभ्याउनले अमरगढी बनाउनु होला।’ स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गर्दै उनले भने,‘सबै ठाउँका मानिसलाई तान्ने खालको अमरगढी बनाउनुहाेस्। हाम्रो पूर्खाले लडेको ठाउँ हेर्नका लागि देश तथा विदेशका मान्छेहरू पनि आउने ठाउँ बनाउनु होला।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.