|

कालिकोट : कर्णाली प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट प्रहरी पुरस्कार एसपी वसन्त रजौर र डिएसपी विनोद शर्मालाई प्रदान गरेको छ। आफू खटिएको कार्यक्षेत्रको शान्ति सुरक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रदेश प्रहरी कार्यालयले उनीहरूलाई उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रजौरे र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख शर्मालाई पुरस्कार प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले हस्तान्तरण गरेका थिए। सुर्खेतको प्रहरी प्रमुखको रूपमा एसपी रजौरेले शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणका लागि जनताको चेतनको स्तर बढाउन विभिन्न कार्यक्रम सुरु गरेका छन्। उनले सुरु गरेका कार्यक्रमले सकारात्मक प्रभाव पारिरहेको प्रदेश प्रहरी कार्यालयले मूल्यांकन गरेको छ।

त्यस्तै, कालिकोट प्रहरी प्रमुख शर्माले सुरु गरेका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव परेको कार्यालयको ठहर छ। उनको कार्यकालमा सेवाग्राहीको काम १० मिनेटभित्र गर्ने, महिला, दलित र बालबालिकासम्बन्धी घटनालाई कारबाहीका लागि पहिलो प्राथमिकता, सदरमुकामको प्रतीमा चौक, जिल्ला समन्वय समितिको खुलामञ्च, , कर्णालीका ५ जिल्लामै पहिलोपटक कालिकोट सदरमुकाम मान्मा बजारमा सिसी क्यामेरा जडान तथा सूचनामैत्री प्रहरी कार्यालय लगायतका कामको सुरुवात भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.