फिचर : फोटो फिचर

डडेल्धुरा पुगेर देउडामा रमे पर्यटनमन्त्री अधिकारी (फोटो)
SHARES

पुस १, २०७५

    डडेल्धुरा : नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले देउडा खेलका छन्। सामुदायिक रेडियो युनिटी ९२.२ मेगाहर्ज डडेल्धुरा, आफ्नो प्रशारण यात्राको तेस्रो वर्ष पूरा गरी चौथो वर्ष प्रवेश गरेको अवसरमा आयोजित ‘बृहत साँस्कृतिक महोत्सव’ मा मन्त्री अधिकारीले देउडा खेलेका हुन्।

    ‘स्थानीय भाषा, कला, संस्कृतिको संरक्षण र कृषि उपजहरूको सम्वर्द्धन हाम्रो अभियान, बृहत साँस्कृतिक महोत्सवमार्फत् सुदूरपश्चिम प्रदेशको पहिचान’ भन्ने मूल नाराका साथ आयोजित ‘युनिटी बृहत साँस्कृतिक महोत्सव २०७५’ मा यहाँ स्थानीयसँगै अधिकारीले पनि देउडा खेलका हुन्। मन्त्री अधिकारीले १० मिनेट जति देउडा खेलेका थिए।

    महोत्सवमा महिला पुरुषले सुदूरपश्चिमको पहिचान झल्किने लुगा लगाएर देउडा खेलका थिए। महिलाले गुन्यू-चोलो, कम्मरमा पटुका, गलामा पोते, तीलहरी, माला, हातमा चुरालगायतका गरगहना लगाएर देउडा खेलेका थिए।

    देउडा खेलमा मन्त्री अधिकारीसँगै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण प्रदेश राज्यमन्त्री प्रकाश रावल, स्थानीय तहका प्रमुख/अध्यक्ष, प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको थियो।

    आफ्नो संस्कृति रितिरीवाजको संरक्षण र सम्वर्द्धन गर्ने र यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको रेडियोका स्टेशन म्यानेजर उत्तर विष्टले जानकारी दिए।

    कसरी खेलिन्छ देउडा?

    देउडा खेलबाट नै देउडा साँस्कृतिको उत्पत्ति भएको जानकारहरूले बताउने गरेका छन्। देउडा खेलमा गायक गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा विभाजित हुन्छन्। त्यसपछि गीतैगीतमा सवाल जवाफ हुन्छ। यो खेल डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढंगले गीत गाउँदै खेलिने गरिन्छ।

प्रकाश पार्की

प्रकाश पार्की थाहाखबरका डडेल्धुरा संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]