समाज

अपांगता भएका बालबालिकाका अभिभावक बने शिक्षा प्रमुख अवस्थी
SHARES

पुस १, २०७५

    बैतडी : शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाण्डौका एकै परिवारका ३ जना अपांगता भएका बालबालिकालाई आर्थिक सहयोग गरेका छन्। अवस्थीले आइतवार उनीहरूको घरमै पुगेर १० हजार नगद रकम हस्तान्तरण गरका हुन्। 

    इकाइ प्रमुख अवस्थीले बालबालिकाको पढाईको लागी आफूले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त्त गरे। अपांगता भएकै कारण बिचमै पढाई छोड्न बाध्य भएका उनीहरूको शिक्षालाई अगाडि बढाउनको लागी अन्य सरोकारवालालाई पनि सहयोगको लागी आग्रह गर्ने अवस्थीले बताए। अपांगता भएका बालबालिकाको राम्रो शिक्षा र स्वास्थ्यको लागी आफूले सक्दो पहल गर्ने समेत उनले बताए। 

    देहिमाण्डौका पूर्णबहादुर बोहराका ४ मध्ये ३ छोराछोरी अपांगता भएका छन्। बोहराका २३ वर्षीया छोरी हिरा १५ वर्षीया करिश्मा, १० वर्षीय जयन्त बोहरा अपांगता भएका छन्। उनीहरू मध्य हिराले कक्षा २ मै पढाई छोडेकी हुन् भने करिश्माले ९ कक्षामै पढाई छोडेकी छन्। जयन्त भने अहिले कक्षा ५ मा पढिरहेका छन्। जयन्त सानै भएकोले विद्यालय बोकेर लैजाने गरेको बुवा पूर्ण बहादुरले बताए।

    छोरीहरु भने ठूला भएकोले बोकेर विद्यालय लैजान नसकिने भएकोले उनीहरूले पढाई छोड्नु परेको छ। उनले भने, 'घरको संरचना अपांगतामैत्री नभएकोले आफूसँगै छोराछोरीलाई धेरै समस्या भएको छ' छोराछोरीको पढेर केही गर्ने इच्छा भएको बताउँदै उनले सरोकारवालाहरूले आफ्ना छोराछोरीको शिक्षा र स्वास्थ्यको लागी सहयोग गरी दिए सहज हुने बताए।

    शिक्षा प्रमुख अवस्थीले घरमै पुगेर सहयोग गर्दा र आवश्यक सहयोग गर्दै जाने प्रतिवद्धता जनाउदा उनीहरू धेरै खुसी भएका छन्।    
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]