|

काठमाडौं : संघीय संसदका समाचार संकलन गर्ने पत्रकारहरूको संस्था संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा नारायण काफ्ले निर्वाचित भएका छन्।

समाजको आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भएको अधिवेशनबाट काफ्लेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो।

काफ्लेले समाजका निवर्तमान संयोजक नरेन्द्र साउदलाई पराजित गरेका हुन्। उपाध्यक्षमा खुलातर्फ सञ्जीव बगाले निर्विरोध निर्वाचित भए भने महिलातर्फ तुलसी सापकोटालाई पराजित गर्दै कृष्णा पौडेल निर्वाचित भइन्।

त्यसैगरी, समाजको महासचिवमा अशोक दाहाल निर्विरोध निर्वाचित भएका थिए। सचिवमा भने विष्णु खड्का निर्वाचित भए, उनले प्रकाश ढकाललाई पराजित गरेका हुन्। कोषाध्यक्षमा दीर्घपाणी उपाध्याय (डिपी) निर्विरोध निर्वाचित भएका थिए।

सात कार्यकारी सदस्य पदका लागि ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। जसमा अक्कल कुँवर, बिपी साह, सिर्जना घिमिरे, खगेन्द्र भण्डारी, बासु खड्का, जयसिंह महरा र सोभिता रिसाल निर्वाचित भए।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.