|

काठमाडाैं : कामदार  भिसामा मलेसिया उड्न लागेका २९ जनालाई शुक्रबार विमानस्थल अध्यागनले फिर्ता पठाइदिएकाे छ। श्रम स्वीकृति नलिई गएका उनीहरुलाई अध्यागमनले नाम, पासपाेर्ट नम्बरसहितकाे विवरण इन्ट्री नगरी फर्काएकाे हाे। वैधानिक कागजान नपुर्‍याई विदेश उड्न खाेज्नेलाई अध्यागनले  विवरण इन्ट्री गरेर फर्काउनुपर्ने नियम छ। 

मलेसियाका लागि भिसा प्राेसेर मेडिकल जाँच र अाैठाछाप लगाएकाे प्रक्रिया गर्ने कम्पनी भिएलएनविरुद्ध कानुनी कारबाही थालिएका कामदार भिसामा मलेसिया जान सरकाले राेकेकाे छ भन्ने खबर कान्तिपुर दैनिकमा छ। 

मलेसियाकाे कामदार भिसा सहितकाे पासपाेर्ट लिएर गएका चार जनालाई बिहीबार पनि अध्यागमनले फर्काइदिएकाे थियाे। मलेसियाकाे वैध भिसा बाेके पनि उनीहरूले श्रम स्वीकृति लिएका थएनन्। 

श्रम स्वीकृती नभए पनि शुक्रबार विमानस्थल पुगेका २९ जना उड्न पाइनेमा ढुक्क थिए। विमानस्थल अध्यागमन प्रमुख राजेश पाैडेलले यी २९जना अाउनुअघि नै अाफ्नाे अफिसिएल इमेलबाट अध्यागमन डेस्कमा बस्ने अधिकृतहरूले चलाउने साझा इमेलमा उनीहरूकाे सम्पुर्ण विवरण फरवार्ड गरेका रहेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.