|

दाङ : नेपाल संस्कृति विश्वविद्यालय स्वामित्वको विभिन्न ठाउँका एक हजार ३३६ बिघा जग्गा अरुकै कब्जामा छ। ती जग्गा २०५८ सालदेखि नै विश्वविद्यालयले उपभोग गर्न सकेको छैन। विश्वविद्यालयले जग्गा अरुलले भोगचलन गरिरहेको र मालपोत भने तिरिरहेको स्विकारेको छ।

विश्वविद्यालयको दाङको देउखुरी क्षेत्रका गावहडिया, राजपुर, सतबरिया, बेला, गंगापुरलगायतका एक हजार ३३६ बिघा जग्गा कब्जा भउको छ। त्यसमध्ये अधिकांश जग्गा २०५८ सालमा सशस्त्र द्वन्द्वरत माओवादीले कब्जा गरेको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छ।

त्यसबेला कब्जा भएको जग्गा हालसम्म तत्कालीन माओवादीले फिर्ता नदिएको संस्कृति विश्वविद्यालय देउखुरीका जग्गा व्यवस्थापन समितिका अध्यक्ष तथा जनता विद्यापीठका प्राचार्य माधव अधिकारीले बताए। उनका अनुसार तत्कालीन माओवादीले कब्जा गर्नुपूर्वै विश्वविद्यालयले जग्गाबाट लाखौं आम्दानी गरिरहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.