|

काठमाडौं : नेपाल पछिल्लो चार महिनाको अवधिका ५० देशबाट १० अर्ब रुपैयाँ बराबरको औषधि आयात गरेको छ। चालू आर्थिक वर्षको पहिलो चौमासिकमा १० अर्ब २८ करोड रुपैयाँको औषधिजन्य वस्तु आयात गरिएको भन्सार विभागले जनाएको छ।

राजधानी दैनिकमा प्रकाशित समाचारमा आर्थिक वर्ष २०७४ ७५ मा मात्रै २७ अर्ब २७ करोड ७९ लाख रुपैयाँ बराबरको औषधि आयात भएको छ। चालू आर्थिक वर्षमा सबैभन्दा धेरै भारतबाट सात अर्ब ८६ करोड ८७ लाख रुपैयाँको औषधि आयात भएको छ। 

आयात हुने देशको ५० प्रतिशतभन्दा बढी औषधिजन्य वस्तु भारतबाट आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। तर, औषधि व्यवस्था विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षण गर्दा भारतबाट आयात भएको औषधिमा कैफियत देखिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.