|

बारा : पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–९ स्थित प्रसुती जाने चोकमा आइतबार राति ट्याङ्करले स्कुललाई ठक्कर दिँदा एक महिलाको घटना स्थलमा नै मृत्युु भएको छ। मृत्यु हुनेमा काठमाडौं स्थायी घर भई निजगढ–९ बकैया टोलमा बस्दै आएकी करिब ३६ वर्षीया दुर्गा शिवाकोटी रहेको प्रहरीले जनाएको छ।

पति डम्बर शिवाकोटीसँगै पश्चिमबाट आउँदै गरेको उनी सवार बा ५० प ३८९ नम्बरको स्कुटरलाई ना ७ ख ९१७१ तेलको ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते डम्बरको निजगढ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी सहायक निरीक्षक राम घिमिरेका अनुसार ठक्कर दिने ट्याङ्कर नियन्त्रणमा लिए पनि चालक भने फरार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.