स्पेनीस ला लिगामा बार्सिलोनाले लेभान्टेलाई ५–० गोल अन्तरले हराएको छ। बार्साको जितमा लियोनल मेसीले ह्याट्रिक गरे।
पहिलो हाफमा २ गोलले अगाडी रहेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थप्यो। जसमा ४७ औं मिनेटमा मेस्सीले व्क्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। ६० औं मिनेटमा अर्टुरो भिडालको पासमा मेस्सीले ह्याट्रिक पुरा गर्दा टिमको अग्रता चार शुन्यमा पुग्यो। ला लिगामा मेस्सीको यो ३१ औं ह्याट्रिक थियो।
खेलको ८८ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दा बार्सिलोना ५–० ले विजयी भयो। जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको सेभियासँगको दुरी तीन अंकमा कायम राखेको छ। बार्सिलोनाको ३४ र सेभियाको ३१ अंक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।