|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार तीन खेल हुँदैछन्। बिहान ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा न्यूरोड टिम एनआरटी र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ।

आठ खेल खेलिसक्दा एक खेल पनि नजितेको एनआरटी अंक तालिकाको पुछारमा छ। तीन जित र दुई बराबरी गरेको हिमालयन शेर्पा भने ११ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समै हुने खेलमा सरस्वती युथ र जावलाखेल युथ क्लब भिड्नेछन्। सरस्वती युथ ९ अंकसहित तालिकाको नवौँ स्थानमा रहँदा १०औँ स्थानमा रहेको जावलाखेल युथले सात अंक जोडेको छ। 

साढे २ बजे नै सशस्त्र प्रहरीको हलचोक मैदानमा हुने खेलमा संकटा र फ्रेण्ड्स क्लब आमनेसामने हुनेछन्। संकटा सोमबारको खेल जितेर शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसँग अंक बराबरी गर्ने दाउमा छ। मनाङ २४ अंकसहित तालिकाको शीर्षस्थानमा रहँदा संकटा २१ अंकसहित तेस्रो स्थानमा छ। ५ अंकसहित फ्रेण्ड्स क्लब तालिकाको एघारौँ स्थानमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.