|

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका–१२ जुम्लाबाङमा बिहे भोज खान गएका तीनजना मृत फेला परेका छन्।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–११ का ४८ वर्षीय कमानसिंह सार्की, वडा नं. १२ का २१ वर्षीय पलबहादुर बिक र सानिभेरी गाउँपालिका–९ का ६३ वर्षीय खम्मु कामी रहेको प्रहरीले जनाएको छ। स्थानीय अमर बिकको छोरा बिहेमा गएका उनीहरु सुतेको स्थानमै सोमबार बिहान मृत फेला परेका हुन्।

घटनाबारे स्थानीयले जानकारी गराएपछि जिल्ला प्रहरी प्रमुख सुमित खड्का नेतृत्वको प्रहरी टोली घटना स्थलमा पुगेको छ। मृत्यु के कारणले भएको भन्ने खुल्न नसकेको बताइएको छ। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.