|
फोटो सौजन्यः दिल विश्वकर्मा

बाँके : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–५, जिगाउँमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। सम्झाना चोक जाँदै गरेको बालज्योती बोर्डिङ् स्कुलको बा १ क ४४९५ नम्बरको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिका–१ का बिक्रम गहतराज र गुर्भाकोट–१२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र पछाडी बसेका दुबै जनालाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर ल्याए पनि उपचार सम्भव नभएको अस्पतालले जनाएको छ।

मृतकको सनाखन भइसकेको छ। र, आफन्त आउने क्रममा रहेको प्रहरी निरीक्षक बिसीले बताए। शब कोहलपुरमा नै राखिएको छ। प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको बिसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.