|

धनगढी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई राजसंस्थाको आवश्यक्ता महसुस हुन थालेको बताएका छन्। सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले गणतन्त्रमा खोट रहेको भन्दै राजसंस्थाको आवश्यकता सुरु भएको बताएका हुन्। बिगतको  जस्तो निरंकुश राजतन्त्र नभइ परवर्तनकारी शक्तिलाई पनि चित्त बुझ्नेगरि राज संस्थाका लागि आफूहरु लागिरहेको उनले बताए।

‘हामीले हिजोको जस्तो राजसंस्था फर्काउन खोजेको होइन, निरंकुश राजतन्त्रको कुरा गरेकै पनि होइन’ अध्यक्ष थापाले भने, ‘परिवर्तनकारी शक्तिहरुलाई पनि चित्त बुझ्ने गरि, राजा देखि माओवादीसम्म अट्ने गरि सहमति र सम्झौताको आधारमा राजालाई राष्ट्र प्रमुखका रुपमा ल्याउन सकिन्छ।’

२०६२÷०६३ भन्दा पहिलेको जस्तो राजसंस्थाको नेपालमा सम्भावना नभएको भन्दै अध्यक्ष थापाले राजसंस्था सहितको लोकतन्त्रका लागि आफूहरु लागि परेको बताए। सरकारबाट जनताले अपेक्षा गरेका कुराहरु नपाउँदा राजसंस्था प्रति माहोल बन्दै गइरहेको उनले बताए। अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता सहितको विपक्षमा रहेको स्पष्ट पारेका छन्। ‘नेपाल जस्तो देशका लागि संघीयता भन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने हाम्रो पार्टीको मान्यता हो’ थापाले भने। यस्तो अवस्थामा सविंधान कार्यान्वयबाट मुलकलाई कम क्षति हुन दिने आफूहरुको रणनीति रहेको उनले बताए। प्रदेश स्तरिय प्रशिक्षण तथा सम्मेलन उद्घाटन गर्न थापा आइतबार धनगढी पुगेका हुन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.