|

भद्रपुर, (झापा) : सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशविरुद्ध स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन्। स्थानीय तहमा कार्यरत आन्दोलित बन्दा झापाका १५ वटै स्थानीय तहमा कार्यालयको दैनिकी कामकाज प्रभावित बनेको छ। कर्मचारीको आन्दोलनले स्थानीय तहमा सेवा लिने जाने सेवाग्राही खाली हात फर्किन बाध्य भएका छन्। सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सबै सेवाबीच समान व्यवहार नभएको भन्दै स्थानीय तह टे«ड युनियन सयुक्त आन्दोलन परिचालन समिति पाँच बुँदे माग राख्दै मंसीर २८ गतेदेखि आन्दोलित बनेका हुन्।

आन्दोलनको चौथो दिन आज (सोमबार) सांकेतिक विरोध स्वरुप देशभरका स्थानीय तहमा कामकाज बन्द गरी कार्यालय परिसरमै धर्ना बस्ने पूर्व घोषित कार्यक्रम अनुसार कर्मचारी धर्ना बसेका छन्। झापाको नगरपालिकाहरु भद्रपुर, बिर्तामोड, मेचीनगर, शिवसताक्षी, अर्जुनधारा, दमक, गौरदाह, कनकाई र गाउँपालिकाहरु हल्दिवारी, कचनकवल, बुद्धशान्ति, बाह्दशी, कमल, गौरीगञ्ज, झापा लगायतका स्थानीय तहमा कामकाज ठप्प छन्। कामकाज ठप्प हुदाँ सेवा लिन जाने सेवाग्राही समस्यामा परेका छन्।

यता नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति भद्रपुर नगरपालिकामा कार्यरत कर्मचारीले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै धर्नामा बसेका छन्। इकाई समिति भद्रपुरका अध्यक्ष प्रमोद प्रधानको नेतृत्वमा धर्नामा बसेका कर्मचारीले कामकाज ठप्प बनाएका छन्।

स्थानीय तहमा कार्यरत कर्मचारी (अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक) लाई सर्वोच्च अदालतको २०७४ पुस २१ गतेको फैसला आदेशको कार्यान्वयनको व्यवस्था गरियोस, श्रेणी विहीन कर्मचारीहरको स्तर वृद्धि साथै सबै तहको बढुवा लगायत वृति विकास तत्काल लागु गरियोस, सबै दरबन्दीमा कार्यरत कर्मचारीको सेवा निरन्तरताको ग्यारेन्टी गरियोस लगायतका माग अघि सार्दै आन्दोलित बनेको इकाई समिति भद्रपुरका अध्यक्ष प्रमोद प्रधानले बताए। आन्दोलनका कार्यक्रम अनुसार पुस ३ गते विहान १० बजेदेखि १२ बजेसम्म कालेपट्टी हातमा बाधेर कलम बन्द गर्ने, पुस ४ गते विहान १० देखि दिउँसो २ बजे सम्म कालेपट्टी हातमा बाधेर कलम बन्द गर्ने र पुस ५ देखि ९ गतेसम्म कालोपट्टी हातमा बाँधेर दिनभर कलम बन्द गर्ने घोषणा गरेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.