मौसमविद् भन्छन्, 'पानी पर्ने हुँदा जाडो अझै बढ्छ'

|

काठमाडौं : केही दिनदेखि देशभरको मौसम एक्कासी बदलिएको छ। जसले गर्दा देशभर जाडो बढ्दै गएको छ भने देशका उच्च हिमाली भूभागमा भारी हिमपात हुने क्रम समेत बढ्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बंगालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली भइरहेको बताइएको छ। जसले गर्दा भू-भागमा वर्षा र हिमपात अझै सम्भवना रहेको बताइएको छ।

महाशाखाले जारी गरेको विज्ञप्तिमा 'फेथाइ’ चक्रवात हाल उत्तर–उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यसको आंशिक प्रभावका कारण नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू-भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू-भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको छ।

साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एकरदुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ। चक्रवात प्रणाली उत्तरपश्चिम हुँदै भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्हतिर ल्याण्डफल हुने महाशाखले जनाएको छ।

बर्षकै सबैभन्दा धेरै जाडो

केही दिनदेखि ह्वातै बढेको चिसो सोमबार बिहान सम्म आइपुग्दा वर्षकै सबैभन्दा धेरै चिसो भएको महाशाखाले जानकारी दिएको छ। आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ। केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ। महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार अझै चिसो बढ्ने सम्भावना रहेको बताए। उनले भने 'आज बर्षैकै सबैभन्दा धेरै चिसो छ। अझै चिसो बढ्ने सम्भाना रहेको छ।'

अघिल्लो वर्ष यो मौसममा यति चिसो नबढे पनि जनवरीको पहिलो हप्ता काठमाडौँको न्यूनतम १ डिग्री सेल्सियससम्म पुगेको  हुनाले यो वर्ष अझैं चिसो बढ्ने सम्भावना रहेको मौसमविद् अर्यालले बताए। साता दिनअघि काठमाडौँको न्यूनतम तापक्रम ५ र ६ डिग्रीको हाराहारीमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो। पछिल्लो तीन दिन न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको उपत्यकामा आज भने २ डिग्रीमा झरेको हो। न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले वर्षकै सबैभन्दा चिसो भएको मौसमविद् अर्यालले बताए।

काठमाडौं उपत्यकापछि आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ। बंगालको खाडिको दक्षिण पश्चिमी क्षेत्रमा बनेको चक्रवात फेथाईू उत्तर (उत्तरपश्चिम दिशातर्फ सरिरहेको र यही क्रममा भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा आज अपरान्हतिर  हुने देखिन्छ। यसको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको  पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदलिइ भई केही भूभागमा हल्का वर्ष समेत हुने अनुमान गरिएको मौसमविद् अर्यालले बताए।

 उच्च हिमाली भेगमा हिउ

देशको मध्यभागमा हल्का वर्षा हुने र झनै चिसो बढ्ने सम्भावना रहे पनि उच्च हिमाली भु भागहरूमा हल्कादेखि भारी हिमपात हुने संभावना छ रहेको समेत छ। यस्तै साथै पश्चिमी क्षेत्रहरूमा आंशिक रुपमा बदली भई एक दुई स्थानमा हल्का  वर्षा हुने सम्भावना छ।                                    

तीनदिनसम्म मौसममा बदली

सोमबार दिउँसो  देशको पूर्वी तथा भागमा पूर्ण बदली हुने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको र देशको पूर्वी तथा मध्य क्षेत्रको उच्च पहाडी भेगका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तैक्रम मंगलबार दिनभर रहने समेत महाशाखाले जनाइएको छ। देशको पूर्वी तथा मध्य भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा पश्चिमी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको रहने सम्भानवा रहेको महाशाखाले जनाएको छ।

चिसो बढे पनि बुधबारदेखि भने देशको पूर्वी क्षेत्रमा आंशिक बदली हुने तथा देशका अन्य भागमा भने मौसम सफा रहने सम्भाना रहेको मौसमविद् अर्यालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.