|

जनकपुरधाम : महोत्तरीको बर्दिबासमा एक १४ वर्षीया किशाेरी बलात्कारको सिकार भएकी छन्। महोत्तरी बर्दिबास नगरपालिका ४ की  किशाेरीलाई आइतबार राति एक युवकले जंगलमा लगेको बलात्कार गरेको रहस्य सार्वजनिक भएको हो।  

पीडित किशाेरीलाई बयानको आधारमा जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका रविशंकर क्याप्छाकी मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए। पक्राउ परेका मगरलाई जवरजस्ती करणाी मुद्दामा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

गाउँकै स्कुलमा कक्षा ८ मा अध्ययनरत किशाेरीको प्रेम सम्बन्ध रहँदै आएकोमा शनिबार साँझ युवकले फकाएर जंगलमा लगेका थिए। विवाह गर्ने प्रलोभन फकाएर राति जंगलमा लगेको तथा बलात्कार गरी युवक फरार रहेकोमा स्थानीयले पक्राउ गरी प्रहरीकोमा बुझाएको प्रदेश २ विश्वकर्मा समाजका अध्यक्ष मिन रहपालले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.