|

संखुवासभा : अरुण तेस्रो फ्याक्सिन्दा ड्याम साइट क्षेत्रमा विद्युत्त विस्तार १ वर्षभित्र हुने भएको छ। संखुवासभाको मकालु गाउँपालिका– ५ फ्याक्सिन्दामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइटमा विद्युत्त व्यवस्थापन नहुँदा कामले प्रगति लिन नसकेको भन्दै विद्युत व्यवस्थापन गर्ने तयारी भएको आयोजनाले जनाएको छ।

निर्माण कम्पनी सतलज र सरोकारवालाबीच छलफल कार्यक्रममा यस्तो जानकारी दिइएको हो। धर्मदेवी नगरपालिकाको तिरतिरे सबस्टेशन माम्लिङ्गबाट ड्यामसाइट फ्याक्सिन्दा सम्म ३३ केभी प्रशारण लाइन लैजाने तयारीमा जुटेको हो। तिरतिरे सबस्टेशनदेखि फ्याक्सिन्दासम्म ९ सय ५८ वटा बिजुलीका पोलहरु रहने गरी सर्भे भइसकेको नेपाल विद्युत्त प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख धुब अधिकारीले जानकारी दिए।  प्रमुख  अधिकारीका अनुसार एक वर्षभित्र त्यो सबै पोल र तार विस्तार भइ सकेको बताए।

सतलज कम्पनीले विद्युत्त प्रसारण लाइनको पोलहरु रहने ठाउँको मुआब्जा २०१६ अनुसार दिइने जनाइएको छ। सतलज कम्पनीले जिल्ला प्रशासनको कार्यालय र सरोकारवालाहरु सहित मुआब्जा निर्धारण समिति बनाइएको सतलज कम्पनीले जनाएको छ।

३३ केभी प्रशारण लाइन पीडितको प्रावधान अनुसार हुनुपर्नेमा सरोकारावालाहरुले जोड दिएका थिए। जग्गाधनीहरुलाई सकेसम्म पुरानै दररेटमा मुआब्जा पाउनुपर्ने, प्रभावित क्षेत्रलाई रोजगारमा प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए। आयोजनाले विद्युत्त पोल तिरतिरे सबस्टेशनबाट खराङ्गको त्रिशुले हुँदै खड्का गाउँ, बंगाली गाउँ, चापाभुइँ, हेवा, अर्चले, लिङ्गलिङ्ग, फापुङ, खप्टुवा, बडरेनी, राम्चेबशी हुँदै ड्यामसाइट फ्याक्सिन्दा र पावर हाउस दिदिङ पुर्‍याउने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.