काठमाडौंः सेयर बजार परिसुचक नेप्से १५ अंकले बढेको छ। लगानीकर्ताले लगानीकर्ताहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै आमरण अनसन सुरु गरेकै दिन सोमबार बजार १५ अंकले उकालो लागेको हो।
नेप्से १५.१७ अंकले बढेर ११ सय ८२ को विन्दुमा पुगेको छ। बजारमा एक सय ५९ कम्पनीका ४२ करोडका सेयर कारोबार भए। सबैभन्दा धेरै कारोबार छिमेक लघुवित्त र नेपाल बैंकको भयो।
मिर्मिरे र कालिका लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै कमाए। बजारमा कालिका पावर र ग्लोबल आइएमी समुन्नत स्कीम १ योजनाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।