|

काठमाडौं : विधान मस्यौदामा सहमति जुटाउनका लागि बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। महासमिति बैठक दुई घण्टाका लागि स्थगित गरेर सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका केन्द्रीय सदस्यहरु बैठक नबसेपछि महासमिति बैठक स्थल फर्किएका हुन्। 

विधानमाथि सहमतिका लागि करिब दुई घण्टा आन्तरिक सहमति गर्न अनौपचारिक बैठक बसे पनि सहमति हुन नसक्नदा केन्द्रीय समितिको बैठक बस्दै नबसी स्थगित भएको हो।।  केन्द्रीय समिति बैठकका लागि पार्टी संसदीय दलको कार्यालय सिंहदरबार पुगेका नेताहरुले बैठक अघि सहमति गर्ने प्रयास गरेका थिए। तर शीर्ष तहमा सहमति नजुटेपछि बैठक स्थगित भएको एक पदाधिकारीले जानकारी दिए। विधानमा उपसभापति दुई, महमन्त्री दुई, सहमहामन्त्री दुई जना राख्न दुवै पक्ष सहमत भए पनि निर्वाचितको संख्याबारे कुरो मिल्न सकेको छैन।

सभापति देउवा समूहले सबै पदाधिकारीहरुमध्ये महाधिवेशनबाट निर्वाचित एक जना र मनोनीत एक जना हुनुपर्ने प्रस्ताव गरेको छ। पौडेल समूहले भने मनोनीतको व्यवस्था नेपालको संविधानविपरीत हुने भन्दै सबै निर्वाचित हुनुपर्ने अडान कायमै राखेको छ। ‘हामी जतिनै लचिलो हुँदा पनि उहाँहरु सहमतिमा आउन चाहनु भएन’, देउवा निकट एक पदाधिकारीले भने, ‘अब अहिले महासमिति बैठक सुरु गर्छौँ र आजको बैठक सकिएपछि सहमतिको प्रयास गर्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.