|

पोखरा : पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो झण्डै दुई साताको निजी भ्रमणको क्रममा सोमबार पोखरा आइपुगेका छन्।

मध्यान्ह १२ बजे बुद्ध एयरको जहाजमार्फत पोखरा विमानस्थलमा झरेका ज्ञानेन्द्र शाह र उनकी श्रीमती कोमललाई  सर्वसाधारणले भब्य स्वागत गरेका थिए। राजाको स्वागतमा उपस्थित ठूलो मासले गणतन्त्रलाई फाँसी दे, हिन्दु राज्य कायम गरलगायतका नारा लगाएका थिए।

नेपालको राष्ट्रिय झण्डा बोकेका समर्थकहरूले संघीयता खारेज गर समेत भन्न भ्याए। समर्थकहरूले हातमा फूल दिँदै ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भन्दै नारा लगाएका थिए। अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पूर्व राजा परिवारका सदस्यसहित पोखरा भ्रमणमा आएका हुन्।

पूर्व राजा ज्ञानेन्द्रको परिवार पोखराको माउण्ट ग्लोरी होटलमा बस्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.