|

काठमाडौं : पछिल्लो समय संजय दत्तको बायोपिक फिल्म संजुमा नरगीसको भूमिकामा देखिएकी अभिनेत्री मनिषा कोइराला अब लेखकको रूपमा नेपाली पाठक माझ आउने भएकी छिन्।

उनको आत्मवृतान्त ‘हिल्ड’ बजारमा आउन लागेको हो। राजधानी काठमाडौंमा भएको पत्रकार सम्मेलनमा कोइरालाले आफ्नो पुस्तक पुसको दोस्रो साता बुकवर्म फाउन्डेसनको आयोजनामा हुने आइएमई नेपाल लिटरेचर फेस्टिबल २०१८ (आइएमई नेपाल साहित्य महोत्सव २०७५)  मा विमोचन गर्न लागेकोसमेत जानकारी दिइन्। 


नेपाली, हिन्दी, तमिल चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेकी उनले यस पुस्तकबाट  पाठकहरूको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गरिन्।

‘हिल्ड’ कृतिमा  उनले आफूलाई क्यान्सर रोग लागेपछिका दिनहरूको बारेमा विस्तृतमा उल्लेख गरेको बताइन्। उनलाई सन् २०१२ मा क्यान्सर देखिएपछि लामो समय अमेरिकामा उपचार गरेर फर्किएकी थिइन्।

उनले क्यान्सर रोगबाट गुज्रिरहँदा र मुक्ति पाइसकेपछिको अनुभवलाई विस्तृत रुपमा पुस्तकमा समेटेकी छिन्। जीवन विभिन्न उतारचढावहरूको एक संगालो भएको र तिनै उतारचढावहरू मध्येको एक पाटो आफूले यस कृतिमा समावेश गरेर पाठकमाझ ल्याउन पाउँदा आफूलाई खुशी लागेको पत्रकार सम्मेलनमा बताइन्। भारतमा पेन्गुइन इण्डियाले प्रकाशन गरेको उक्त पुस्तक उनले लेखक नीलम कुमारसँग संयुक्त रुपमा लेखेकी हुन्।

नेपालका लागि पुस्तक फाइनप्रिन्टले  बजारमा ल्याउन लागेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.