|

काठमाडौं : फिल्म 'कागजपत्र'को पोस्टर सार्वजनिक भएको छ। फिल्मको रिलिज मिति तय गर्दै निर्माण युनिटले पोस्टर सार्वजनिक गरेको छ। फिल्मले चैत ८ गतेलाई आफ्नो प्रदर्शन मिति पक्का गरेको छ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक फिचर छन्।

सामाजिक विषयमा कमेडीका रुपमा प्रस्तुत गरिएको यस फिल्ममा अपिल विष्टको लेखन तथा निर्देशन रहेको छ। 'इपी एजुकेशन अष्ट्रेलिया'को प्रस्तुती रहेको फिल्मलाई 'वर्ल्डवाइड फिल्मस्' र 'अस सिनेमा'ल् संयुक्त रुपमा निर्माण गरेको हो।

खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन्। फिल्ममा वसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासिमिर डिक्सनको छाया‌ंकन तथा निमेष श्रेष्ठको सम्पादन रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.