|

काठमाडाैं : पूर्व सांसद एवं यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका अभियन्ता सुनिलबाबु पन्तले आफ्नाे समुदायको हक अधिकार रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

सर्वोच्च अदालतले समेत आफूहरूको हक अधिकार रक्षा गर्न आदेश दिइसकेको अवस्थामा सरकार पटक-पटक किन विफल भयो? भन्दै पन्तले प्रश्न गरे। संविधानले समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हक अधिकार प्रत्याभूत गरेको अवस्थामा सरकारले यसलाई वेवास्ता गरेको पन्तको गुनासो छ। सरकारले अल्पसंख्यक समुदायको अधिकार रक्षाका लागि संघ, प्रदेश र स्थानीय तहसम्म कुनै पनि कार्यक्रम तथा बजेटको व्यवस्था नगरेको भन्दै उनले आपत्ति समेत जनाए।

लैँगिक अल्पसंख्यकको हक अधिकारको लागि सरकराले शून्य सहनशीलता अपनाउने भने पनि नीति तथा कार्यक्रम, बजेट, रोजगारी, शिक्षा र समग्र विकासका लागि कुनै पनि काम नगरेको उनले बताए। 'जसले गर्दा हामीलाई असहज भएको छ' उनले भने। मुलुकमा लामो संघर्षपछि ठूलो परिवर्तन भएको तर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि गणतन्त्रले केही गर्न नसकेको भन्दै पन्तले सबै समुदायको हक अधिकारमा नचुक्न सरकारलाई आग्रह गरे।

उनले यही गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा पोष्ट गर्न खोज्दा आफ्नो एकाउण्ट नै ब्लक गरिएको गुनासो गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.