|

दाङ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले सच्चा कम्युनिस्ट पार्टी निर्माण गर्ने बताएका छन्। त्यसका लागि नेत्रविक्रम चन्द विप्लव, गोपाल किराती, मोहनविक्रम सिंहलगायतसँग छलफल भइरहेको उनले बताए।

महासचिव वैद्यले वैचारिक कुरा मिल्ने अन्य पार्टीसँग पनि कुराकानी भइरहेको जानकारी दिए। उनले भने, 'एक पटक सच्चा कम्युनिस्टहरू एक हुन्छौँ।’ उनले पूर्वएमाले र माअोवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको आरोप पनि लगाए। रिपोर्टर्स क्लब दाङले तुलसीपुरमा सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा महासचिव वैद्यले यो एकता सत्ताका लागि मात्रै भएकाले लामो समय नटिक्ने दाबी गरे। ‘यो एकता सत्ताका लागि मात्रै होे, कम्युनिस्ट एकता होइन’, उनले भने, 'यो लामो समय टिक्दैन।’

सैद्धन्तिक रूपमा एकता नभई चुनाव जित्नलाई मात्र एकता गरिएको उनको भनाइ छ। महासचिव वैद्यले सरकारले नौ महिनासम्म पनि कुनै पनि उदाहरणीय काम गर्न नसकेको समेत आरोप लगाए। साथै भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल नथालेको उनको भनाइ थियो।

दुई तिहाईको बलियो सरकार निर्माण हुँदा पनि नौ महिनासम्म सरकारले केही काम गर्न नसकेको भन्दै आफूहरूले संघर्षका कार्यक्रम अघि सारेको उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.