पुस ८ गतेदेखि विराटनगरबाटै श्रम स्वीकृती दिइने

|

विराटनगर : वैदेशिक रोजगारमा जानेहरूकालागि अबदेखि विराटनगरबाटै श्रम स्वीकृति दिइने तयारी भएको छ। श्रम स्वीकृतीका लागि काठमाडौंसम्म जानुपर्ने वाध्यता अन्त्य गर्न श्रम तथा रोजगार कार्यालय विराटनगरले आवश्यक तयारी थालेको छ। 

सातवटै प्रदेशमा श्रम तथा रोजागार कार्यालयमार्फत श्रम स्वीकृति दिने सरकारी कार्यक्रम र योजनाअनुसार प्रदेश १ बाट पहिलो अभ्यास थालनी हुन लागेको हो।परीक्षणको रुपमा पनि यहाँबाट श्रम स्वीकृतीको काम थाल्न लागेको प्रमुख प्रेमप्रसाद संजेलले जानकारी दिए। 

वैदेशिक रोजगारको श्रम स्वीकृति प्रदान गर्ने कार्यक्रम आगामी पुस ८ गतेदेखि औपचारिक शुभारम्भ गरिने श्रम तथा रोजागर कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलले जानकारी दिए। श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले काठमाडाैं बाहिर श्रम स्वीकृति प्रदान गर्ने पहिलो कार्यालय विराटनगरमा उद्घाटन गर्नु हुने अधिकृत सञ्जेलले जानकारी दिए। 

श्रम स्वीकृतीको काम सुरु भएपछि कालागि आवश्यक पर्ने संरचना, प्राविधिक जनशक्ति र सामग्रीको व्यवस्थापन भइरहेको उनले बताए। कार्यालयलाई पूर्ण सञ्चालनमा ल्याउन र सेवालाई प्रभावकारी बनाउनका लागि आँखा परीक्षणका लागि आइरिस मेशिन, पाँचथान कम्प्युटर र इन्टरनेट, स्टिकर प्रिन्टर, फिङ्गर प्रिन्ट मेशिनको आवश्यकता पर्ने उनले जानकारी दिए।

हालसम्म आइरिस मेशिन कार्यालयमा उपलव्ध भइसकेको भए पनि अन्य सामग्री खरिद प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। प्रारम्भिक चरणमा परीक्षणको रुपमा श्रम स्वीकृति प्रदान गर्ने काम थाल्नका लागि कार्यालयमा भएका पुरानै सामग्रीको प्रयोग गरिने उनको भनाई छ। वैदेशिक रोजगार विभागको अनलाइन पद्धतिबाट व्यक्तिगत श्रम स्वीकृति वा पुनःश्रम स्वीकृति लिनका लागि फारम भरिसकेपछि कार्यालयले स्वीकृति प्रदान गर्ने प्रावधान रहेको छ।

व्यक्तिगत पहल वा सम्पर्कमा विदेश जानेहरूका लागि प्रदान गरिने श्रम स्वीकृतिको स्टिकर हरियो, मेनपावर वा संस्थागत रुपमा रोजगारीमा जानेहरूका लागि रातो स्टिकर राहदानीमै टाँसिने छ। गैरकानुनी रुपले कुनै पनि देशमा पुगेका व्यक्तिहरूले माग गरेको अवस्थामा वैधताकालागि कार्यालयले स्वीकृति दिनेछ। सातवटै प्रदेशमा श्रम तथा रोजगार कार्यालयमार्फत श्रम तथा रोजगार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र वैदेशिक रोजगारको श्रम स्वीकृति प्रदान गर्ने कार्यक्रम अगाडि सारिएको छ।

श्रम तथा रोजागर कार्यालयमा तीनवटा शाखामार्फत सेवाग्राहीले सुविधा लिन सक्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.