|

विराटनगर : नेपाल र भारतमा भएको मूल्यान्तरले गर्दा नेपालबाट भारततर्फ डिजेलको तस्करी हुने गरेको पाइएको छ। डिजलको तस्करी हुने गरेको भनिए पनि रंगेहात तस्करीमा संलग्नहरू पक्राउ नपर्दा यथार्थ सार्वजनिक हुन सकेको थिएन। 

मोरङ प्रहरीले आइतबार भने एकलाख तीन हजार मूल्य बराबरकाे एकहजार लिटर भन्दा बढी डिजलसहित जहदा गाउँपालिकाका संजय टुडुलाई पक्राउ गरेपछि तस्करीको तथ्य खुलेको हो। विगतमा भारतबाट आउने सवारी साधनले ट्यांकीमा राखेर लैजाने बाहेक कुनै तस्करी नभएको दावी गरिँदै आएकोमा खुला सीमाबाट दैनिक हजारौं लिटर इन्धन भारत तर्फ गइरहेको खुलेको हो। 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाइकमा राखेर नेपालबाट भारततर्फ निर्यात गर्दै गरेको अवस्थामा टुडुलाई पक्राउ गरेको हो।

भारततर्फ डिजेल लैजाँदै गर्दा विराटनगर १५ बाट आइतबार बिहान पक्राउ परेका टुडुलाई विराटनगर भन्सार कार्यालयमा इन्धनसहित प्रहरीले बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.