|
Photo : Getty Images

६८ वर्षपछि आज सुपरमुन देखिने भएको छ। पूर्णिमा भएकाले ६८ वर्षपछि चन्द्रमा साविकको भन्दा १४ प्रतिशत ठूलो देखिने अन्तर्राष्ट्रिय खगोल वर्षले जनाएको छ। 
सोमबार अन्य दिनभन्दा ३० प्रतिशतले चन्द्रमा चम्किलो देखिनेछ।

यसअघि यस्तो अवस्था विक्रम संवत २००४ साल माघ १३ गते आएको अन्तर्राष्ट्रिय खगोल वर्ष नेपालका अध्यक्ष एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यल जानकारी दिए। वैज्ञानिकहरुले यस्तो घटना विरलै आउने भएकाले सबैलाई सोमबार बेलुकी चन्द्रमा हेर्न सुझाव दिएका छन्। 

नांगो आँखाले हेर्दा पनि कुनैपनि असर नगर्ने वैज्ञानिकहरुले बताएका छन्। तर मनोवल कमजोर र मानसिक स्वास्थ्य समस्या भएकाले भने चन्द्रमा एक्लै नहेर्न वैज्ञानिकको सुझाव छ।

के हो सुपरमुन?
सुपरमुन त्यो चन्द्रमा जसलाई पृथ्वीबाट अन्यदिनमा भन्दा ठूलो देखिन्छ। अर्थात् पृथ्वीबाट हेर्दा सबैभन्दा कम दूरीमा देखिने दिनको चन्द्रमालाई सुपरमुन भन्ने गरिएको छ। पृथ्वीबाट चन्द्रमासम्मको दूरी सबैभन्दा कम भएको अवस्थामा देखिएको चन्द्रमालाई सुपरमुन भनिन्छ। पछिल्लो पटक सुपरमुन ६८ वर्ष अघि देखिएको थियो। ६८ वर्षअघि देखिएको आकारमा उक्त चन्द्रमा देखिन लागेकाले पनि यसलाई निकै महत्वका साथ हेरिएको छ। यसअघि गत अक्टुबरमा पनि केही सानो सुपरमुन देखिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.