|

काठमाडौं : भिभिआइपी उडानका लागि भन्दै भित्र्याइएको अगस्टा वेस्टल्याण्ड हेलिकोप्टरको खरिद प्रक्रियामै त्रुटि भेटिएको छ। काठमाडौं आइपुगेको उक्त हेलिकोप्टर भिभिआइपीको सवारीका लागि भन्दै नेपाली सेनाले खरिद गरेको हो।

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले चढ्ने उक्त हेलिकोप्टर किन्न सेनाले प्रतिस्पर्धीबिनै इटालीको एक कम्पनीसँग एक करोड ३९ लाख ८४ हजार २४३ युरो (हालको एक अर्ब ८१ करोड रुपैयाँ) मा खरिद सम्झौता गरी प्रतीतपत्र खोलेको थियो। सेनाले सुरक्षा समारिक वा प्रतिरक्षा सामग्री आपूर्ति गरेर हेलिकोप्टर खरिद प्रक्रिया अघि बढाएको थियो। २०७३ असार १६ को मन्त्रिपरिषदको बैठकले प्रतिस्पर्धा सुनिश्चित हुनेगरी हेलिकोप्टर खरिद गर्न सेनालाई अनु्मति दिएको समाचार नागरिक दैनिकमा समाचार छ।

नेपालको सार्वजनिक खरिद ऐन २०६३ को दफा ४(३) अनुसार कुनै खास उत्पाद क कम्पनीबाट निर्मित सामान खरिद गर्नेगरी ‘स्पेसिफिकेसन’ तयार गर्न नहुने उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.