|

काठमाडौं :  कृषिजन्य उत्पादमा प्रयोग हुने विषादी पछिल्लो समय झनै बढेको छ। पाँच वर्षमा साँढे पचास मेट्रिक टन विषादी अयात भएको छ। जस वापत पाँच वर्षमा १३ अर्ब ३५ करोड ९५ लाख ८ हजार ७५५ रुपैयाँ बाहिरिएको छ। 

वार्षिक १० मेट्रिक टन विषादी आयात हुने गरेको बाली संरक्षण निर्देशनालय, विषदी पञ्जीकरण तथा व्यवस्थापन शाखाको तथ्यांक छ। शाखाका अनुसार हरेक वर्ष कृषिजन्य उत्पादनमा प्रयोग हुने विषदीको आयात बढ्दै गएको खबर राजधानी दैनिकमा छ। 

किसानले छिटो लाभ लिने उद्देश्यले पछिल्लो समयमा धेरै विषादी प्रयोग गर्न थालेपछि विषदी आयात पनि बढदै गएको विषादी पञ्जीकरण तथा व्यववसथापन शाखाका वरिष्ठ बाली संरक्षण अधकिृत परशुराम अधिकारीले बताए।

उनले भने 'धेरैजसो किसानले विषादी प्रयोग कसरी गर्ने भन्ने नै थाहा नपाएर विषादी प्रयोग गरिरहेका छन्। किसनले कुन विषादी कुन बालीमा प्रयोग गर्ने थाहा नै नपाएर व्यापारीबाट विषादी लिएर प्रयोग गर्ने गरेको पाइएको छ।'

जीवनाशन विषादी ऐन २०४८ र जीवनाशन विषादी नियमावली, २०५०  तयार भई १ साउन २०५१ सालदेखि नेपालमा विषादी प्रयोग गर्न थालिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.