|

काठमाडौं : बौद्धनाथ महास्तूपमा बौद्ध मेलम्ची घ्याङ गुठीले प्वाल पारेको छ। विश्वसम्पदामा प्वालैप्वाल पारेको भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले गुठीलाई कारबाही माग गरेको छ।

कान्तिपुर दैनिकमा समाचार छ, पुरातत्त्व विभागको अनुमति नै नलिई स्तूप परिसरमा जेनेरेटर राखेको भन्दै त्यसलाई हटाउन र सम्पदा क्षेत्रमा गैरकानुनी काम गर्ने गुठी पदाधिकारीलाई कारबाही गर्नुपर्ने समितिको माग छ।

महाचैत्यको हर्मिकादेखि नै प्वाल पारिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार लामाले बताए। ‘हजारौँ प्वाल पारिएको छ’, उनले भने, ‘हामीले रोक्न खोज्दा पनि मानेनन्।’

सबैभन्दा बढी क्षति स्तुपको मरुदण्ड मानिने ‘सोक्सिङ’(रस्ती) मा परेको छ। १३ तलाको बिचमा हुने सोक्सिङमा अग्राखको काठ हुन्छ। त्यसमा सुनको अक्षरले बुद्धमन्त्र लेखिएको हुन्छ। सोक्सिङको चारै दिशामा पञ्चबुद्धको प्रतिमा राखिएको हुन्छ।

विश्वसम्पदासूचीमा कुनै पनि संरचना राख्न पाइँदैन। यो काठमाडौं उपत्यकाको पुरानो सम्पदामध्ये पर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.