|
फाइल तस्बिर

काठमाडौं : शहीद स्मारक ए डिभिजन लीग फुटबलमा मंगलबार सशस्त्र प्रहरीको एपीएफ र मछिन्द्र क्लब भिड्दैछन्।  

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ११ बजे हुने खेलमा यी दुई टोली आमने सामने हुन लागेका हुन्।  एपीएफ १० अंकसहित तालिकाको आठौं स्थानमा छ। मछिन्द्रले अहिलेसम्म खेलेका आठमध्ये एउटा खेल पनि जितेको छैन। ती खेल बराबरी गरेको मछिन्द्र तालिकामा पुच्छारबाट दोस्रो स्थानमा छ।

मंगलबार नै दिउँसो साढे २ बजे हुने खेलमा च्यासल युथ क्लबले लिग लिडर मनाङ मस्र्याङ्दीको सामना गर्नेछ। तालिकाको सातौं स्थानमा रहेको च्यासल युथले आठ खेलबाट १३ अंक जोडेको छ। तालिकाको शीर्ष स्थानमा रहेको मनाङ भने आजको खेल जितेर संकटा क्लबसँगको अंकदुरी बढाउने दाउमा छ।

आठ खेलबाट २४ अंक जोडेको मनाङ तालिकाको शीर्ष स्थानमा रहँदा ९ खेल खेलिसकेको संकटा समान २४ अंकसहित गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.