काठमाडौं : पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा. तुलसी गिरीको निधन भएको छ। मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा ९३ वर्षको उमेरमा उनको निधन भएको परिवारले जनाएको छ।
कलेजोको क्यान्सरका बिरामी उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट 'डिस्चार्ज' भएका थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मंगलबार निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। स्व. गिरीकी श्रीमती शाहरा योञ्जन प्राध्यापन र सञ्चार क्षेत्रमा आबद्ध छिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।