|

अष्ट्रेलियाले दोस्रो टेस्टमा भारतलाई १४६ रनले पराजित गरेको छ।

भारतको हारसँगै चार खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ। पहिलो खेल भारतले जितेको थियो।

दोस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो पारीमा ३२६ र दोस्रो पारीमा २४३ रन बनाएको थियो। जवाफमा भारतले पहिलो पारीमा २८३ बनाएर पवेलियन फर्कियो भने दोस्रो पारीमा मात्र १४० रन बनाउन सक्यो।

भारतका लागि कप्तान विराट कोहलीले पहिलो पारीमा सर्वाधिक १२३ रन र दोस्रो पारीमा १७ रन बनाएका थिए। अष्ट्रेलियाका लागि हैरिसले पहिलो पारीमा ७० र दोस्रो पारीमा २० रन बनाएका थिए। बलिङमा युटी ख्वाजाले पहिलो पारीमा ५ र दोस्रो पारीमा ७२ रन बनाएका थिए।

बलिङतर्फ अष्ट्रेलियाका लागि एनएम लायनले पहिलो पारीमा ५ र दोस्रो पारीमा ३ विकेट लिएका थिए। त्यसैगरी एमए स्टार्कले पहिलो पारीमा २ र दोस्रो पारीमा ३ विकेट लिएका थिए।

भारतका लागि बलिङमा ईशान्त शर्माले पहिलो पारीमा ४ र दोस्रो पारीमा १ विकेट लिएका थिए। त्यसैगरी मोहम्मद शामीले दोस्रो पारीमा ६ विकेट लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.