|
File Photo

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ।

निर्मलाकी आमा दुर्गादेवी पन्तले बर्खास्तीमा परेको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसीलगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गरेकी हुन्।

घटनामा संलग्न भएको आरोपमा कडा यातना दिएरपछि निर्दोष हुँदै छोडिएका दिलीपसिंह विष्टका दाई खड्ग विष्टले समेत  यातना दिने प्रहरीविरुद्ध जाहेरी दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.