|

काठमाडौं : गायक राज सिग्देलको स्वरमा नयाँ गीत 'के भयो र तिमीलाई' सार्वजनिक भएको छ। देवेन्द्र क्षेत्रीको शब्द समावेश गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। गीतमा कुनै कारण बिना नै प्रेमिका रिसाउँदा र त्यो कारण पनि नबताउँदाको अवस्थालाई व्यक्त गरिएको छ।  

'डि प्रोडक्सन' ले तयार पारेको गीत र म्युजिक भिडियो गीतकार देवेन्द्र क्षेत्रीले बजारमा ल्याएका हुन्। सरोज अधिकारीको छायांकन र निर्देशन रहेको म्युजिक भिडियोमा मेलिशा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुविना तामाङको अभिनय रहेको छ।

भिडियोको सम्पादन भीम विश्वकर्माले गरेका छन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.