|

काठमाडौं : दयाहाङ राई स्टारर फिल्म 'दयारानी'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। आगमी वर्षको जेठ १० गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै निर्माण युनिटले मंगलबार पोस्टर सार्वजनिक गरेको हो। सार्वजनिक पोस्टरमा दयाहाङसँगै फिल्मकी मुख्य नायिका दिया पुन फिचरिङ छिन्।

माओत्से गुरुङको निर्देशनमा तयार भएको यस फिल्मले गुरुङ समुदायकी दयालु युवतीको कथा प्रस्तुत गर्नेछ। फिल्ममा दया र दिपासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले लगायतको अभिनय रहेको छ।

सिनेमा आर्ट्सको प्रस्तुतिमा तयार भएको फिल्ममा निर्देशक गुरुङकै लेखन रहेको छ। रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्माता रहेको यस फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको लगानी रहेको छ। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.